नैतिकताको खडेरीले कलंकित हुँदैछ राजनीति

सुरेश यादव

राजनीति कुनै पनि देशको शासन व्यवस्था सञ्चालन गर्ने आधारभूत साधन हो । यो जनताको सेवाका लागि हुनुपर्छ, न कि व्यक्तिगत स्वार्थका लागि । त्यसैले नैतिकता राजनीतिको मेरुदण्ड हो, जसले देशलाई स्थायित्व, विकास, र सुशासनतर्फ डोयाउँछ । जब राजनीतिमा नैतिकता कमजोर हुन्छ, तब भ्रष्टाचार, अस्थिरता, र अन्याय व्याप्त हुन जान्छ ।

राजनीतिमा नैतिकताको ठूलो महत्व छ । राजनीतिज्ञहरूले जनताको सेवा गर्ने प्रतिबद्धता राख्नुपर्छ । सरकारी निर्णयहरू खुला र पारदर्शी हुनुपर्छ । छलकपट, धोका, र अनैतिक व्यवहारबाट टाढा रहनुपर्छ ।

जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्छ । जनताको विश्वास तोड्ने निर्णयको जवाफदेही बहन गर्नुपर्छ । भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कानूनअनुसार दण्ड दिनुपर्छ ।

सबै नागरिकलाई समान अवसर र अधिकार प्रदान गर्नुपर्छ । कुनै पनि जात, धर्म, वा समुदायलाई विभेदमुक्त राख्नु आवश्यक छ । कानूनी शासन बलियो हुनुपर्छ ।

लोकतन्त्रमा जनता नै सर्वोपरि हुन्छन् । स्वतन्त्र निर्वाचन, मानव अधिकार, र स्वतन्त्र न्यायपालिकालाई सम्मान गर्नुपर्छ ।

नागरिकको आवाज दबाउने प्रवृत्ति अस्वीकार्य हुनुपर्छ ।

राजनीतिमा नैतिकता कमजोर भएपछि के हुन्छ ?

भ्रष्टाचार बढ्छ र विकास रोकिन्छ ।

जनताको सरकारप्रति विश्वास टुट्छ ।

माजिक अन्याय र असमानता बढ्छ ।

जनीतिक अस्थिरता र द्वन्द्व निम्तिन्छ ।

के हुन् त नैतिक राजनीतिका उपाय ?

नैतिक शिक्षा र नेतृत्व विकासलाई प्रवद्र्धन गर्नुपर्छ ।

कठोर कानूनी कारबाही लागू गर्नुपर्छ ।

जनताले सचेत भई सही नेतृत्व चयन गर्नुपर्छ ।

स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता सुनिश्चित हुनुपर्छ ।

राजनीतिमा नैतिकता बलियो भएमा मात्र देश समुन्नत र स्थिर हुन सक्छ । नेताहरू इमानदार, उत्तरदायी, र पारदर्शी भएमा समाजमा शान्ति, समृद्धि, र स्थायित्व आउँछ ।

Facebook Comments Box