जनकपुर विकास परिषद्‌मा भ्रष्टाचार काण्ड: पूर्व निर्देशक ठाकुर पक्राउ, ३० लाख ठगी प्रकरणमा छानबिन जारी

जनकपुरधाम । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुरलाई ३० लाख रुपैयाँ ठगी प्रकरणमा पक्राउ गरिएको छ। ठाकुरले सरकारी छाप र दस्तखत किर्ते गरी रकम हिनामिना गरेको आरोपमा ललितपुरको भैंसेपाटीबाट पक्राउ परेका हुन्।

प्रकरणमा परिषद्का लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्रकुमार यादव, र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरी पनि मुछिएका छन्। उनीहरूले किर्ते कागजातमार्फत सरकारी रकम निकालेर निजी लाभ लिएको आरोप छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतको आदेशपछि अनुसन्धान थालेको हो। पीडित मुकेश यादवले किर्ते दस्तखत र कागजातको प्रयोग गरी रकम हिनामिना भएको भन्दै प्रमाणसहित जाहेरी दिएका थिए।

परिषद्को नेतृत्व र कर्मचारीबीचको विवादले कार्यालयको कामकाज प्रभावित हुँदै आएको छ। अख्तियारले बारम्बार छापा मार्दा पनि समस्याहरू समाधान हुन सकेका छैनन्।

Facebook Comments Box