कतारस्थित सबैला सेवा समाजमा नयाँ नेतृत्व
जनकपुरधाम । वैदेशिक रोजगारको सिलसिलामा कतार पुगेका धनुषास्थित सबैला निवासी युवाहरुले सामाजिक सेवा कार्य गर्न संगठित भएका छन् ।
सबैला सेवा समाज नामक संगठन कतारमा कायम गरी युवाहरुले यहाँस्थित समाजमा अति विपन्नताको कारण समस्यामा परेका दीन, दुखीहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । दुई दशक पुरानो सबैला सेवा समाजले सामाजिक कार्यसँगै सबैलाको शिक्षा, स्वास्थ्य र खेलकुद प्रबद्र्धनका लागि निरन्तर योगदान गर्दै आएको छ ।
नयाँ नेतृत्वमा यादव
गत शुक्रबार कतारस्थित ग्राण्डमलको वेलफेयर रेष्टुरेन्टमा आयोजित प्रथम अधिवेशनबाट शिवकुमार यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
सन् २००४ मा स्थापना भएको सबैला सेवा समाजको नेतृत्व इन्जिनियर राम ईश्वर यादवले गरेका थिए । इन्जिनियर यादवसँगै सबैला निवासी रमेश कुमार यादव र रामेश्वर साहलगायत युवाहरुले मिलेर सबैला सेवा समाज नामक संस्था स्थापना गरेका थिए । इन्जिनियर यादव नेपालमै सरकारी जागिरमा लागेपछि नेतृत्व विहीन रहेको समाजको नयाँ नेतृत्वका लागि पहिलो पटक अधिवेशन भएको हो ।
शिवकुमार यादव अध्यक्ष भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा मोहम्मद राजभ अली (भुन्टे), सचिवमा धर्मेन्द्र दास र कोषाध्यक्षमा रामकिशोर यादव चयन भएका छन् । त्यस्तै, सहकोषाध्यक्ष पदमा रञ्जित राइनलाई चयन गरिएको छ ।
नयाँ कार्यसमितिका सल्लाहकारहरुमा रञ्जित साह सोनार, सत्यनारायण दास, सुभाष साह, अरबिन्द साह, मनोज प्रसाद जयसवाल र रामेश्वर साहलाई चयन गरिएको छ ।
अधिवेशनमा हेल्प मधेशी कतारका पूर्व अध्यक्ष रामकुमार यादव, रामकल्याण महतो, रामेश्वर मण्डल, जयकिशोर मण्डल, वृजदेव साह, ओमप्रकाश यादव, रामकुमार यादव, बुद्धिराज यादव, मनोज कुमार यादव, रामप्रसाद मण्डल, विनोद कुमार यादव, भरत कापर, भोला यादव, रामचन्द्र मण्डल, रामप्रकाश यादव, बिल्टु महतो, राजेश साह, रामकिशोर यादव, लक्ष्मीनियाँ सेवा समाजका मनोज यादव, सिरहा सेवा समाजका रामबाबु यादव, मधेश युवा संघका प्रताप साह, हाम्रो समाज सेवाका अमरनाथ यादव, रामबाबु यादव, सुरेश मण्डल र जय प्रकाश यादव लगायतको सक्रिय सहभागिता थियो ।
रंजित साह सोनारको सभापतित्वमा आयोजित कार्यक्रममा हेल्प मधेशी कतारका अध्यक्ष रमेश यादव प्रमुख अतिथि थिए । कार्यक्रमको सञ्चालन हेल्प मधेशी कतारका पूर्व अध्यक्ष रामकुमार यादवले गरेका थिए ।