कुटपिटगरी हत्या, आमा–छोरा पक्राउ

जनकपुरधाम । धनुषाधाम नगरपालिका –२, मंगलपुरमा आन्तरिक विवादले उग्र रुप लिँदा एक जनाको हत्या भएको छ । स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठाकुरलाई उनकै छिमेकी आमा छोराले कुटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए ।

ठाकुरलाई कुटपिट गर्ने स्थानीय ४५ वर्षीय सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वरलाई प्रहरीले पक्राउ गरेको डिएसपी अवाले जनाएका छन् ।

मुखिया आमाछोराको कुटपिटबाट सिकिस्त ठाकुरको उपचारको क्रममा जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनकी पत्नी श्याम घाइते छिन् । उनको जनकपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Facebook Comments Box
    ट्याग: