लक्ष्मण सेठ भए ‘प्रदेश चेस च्याम्पियन’

जनकपुरधाम । अखिल नेपाल चेस संघले बुधबार जनकपुरधाममा आयोजना गरेको ‘प्रथम सुजेन्द्र प्रसाद श्रेष्ठ ५० वर्ष माथिका भेट्रान ¥यापिट चेस च्यापेन्सीप प्रतियोगिता’ मा लक्ष्मण कुमार सेठ च्याम्पियन भए ।

२० जना सहभागी रहेको प्रतियोगितामा राजनारायण चौधरी दोस्रो, सुरेन्द्र कुमार साह तेस्रो, विनोद कुमार गुप्ता चौथो र दामोदर भुजेलले पाँचौ उपाधी पाएका छन् । विजेताहरुलाई क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय, १ हजार २ सय ५० को दरले नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक समिति अध्यक्ष दिपक पटेलले जानकारी दिए ।

पाँचौ स्थानको उपाधी प्राप्त गरेका भुजेलले पाएको नगद पुरस्कार संघलाई नै हस्तान्तरण गर्दै खेल प्रबद्र्धनमा योगदान गरेको बताएका थिए ।

अखिल नेपाल चेस महासंघका उपाध्यक्ष एवम् संघका अध्यक्ष दिपेन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगितामा २० जना खेलाडी सहभागी थिए ।

५० वर्ष उमेर कटेका भेट्रानलाई खेल्ने प्लेटफर्म उपलब्ध गराइदिएर संघले उदाहरणीय काम गरेको भन्दै अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सुरेश ठाकुरले यस्ता विभिन्न प्रतियोगिताहरुलाई निरन्तरता दिन सुझाव दिए ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: