जनकपुर बोल्ट्सलाई बाबाको ढावामा सम्मान
जनकपुरधाम । प्रथम एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई जनकपुरधामस्थित होटल बाबाको ढावाले सम्मान गरेको छ ।
प्रथम एनपिएल विजेताको उपाधी ल्याएर जनकपुरधाम क्षेत्रको गरिमा उच्च बनाएको सुखद् अवसरमा खेलाडीहरुलाई सम्मान गर्न पाउँदा गौरवान्वित भएको ढावाका सञ्चालक प्रकाश मिश्रले बताए ।
‘जनकपुर बोल्ट्सले जितेको उपाधी खेल र खेलाडीसम्म मात्र सिमित रहेन’ मिश्रले न्यूजआजसँग भने, ‘मिथिला र मैथिली अनी समग्र मधेश र मधेशीहरुको अभिमान बनेको छ ।’
यस्तो उपाधी जित्न दिनरात मिहिनेत गरेका खेलाडीहरुलाई सम्मान गर्न पाउनु आफ्नो सौभाग्य रहेको उनले हर्षोन्भूति व्यक्त गरे ।
Facebook Comments Box