महिला कबड्डीमा धनुषा ‘प्रदेश च्याम्पियन’

जनकपुरधाम । मधेशमा शनिबार सम्पन्न भएको प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगितामा धनुषाले प्रदेश च्याम्पियनको उपाधी प्राप्त गरेको छ ।

धनुषा र सर्लाहीबीच भएको फाइनल प्रतिस्पर्धामा धनुषाले ४०–३१ अंक अन्तरले सर्लाहीलाई पराजित गरेको छ । प्रतियोगितामा तेस्रो उपाधी महोत्तरी र पर्सा टिमले संयुक्त रुपमा पाएका छन् ।

प्रतियोगितामा पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीगरी सात जिल्लाको सहभागिता थियो । रौतहटले महिला टिमलाई सहभागी गराउन नसकेको हो ।

Facebook Comments Box