सरकारको नीतिप्रति सांसदको कटाक्षः ‘यो गीताको उपदेश हो’
जनकपुर । मधेश प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रतिपक्षी दलका सांसदहरुले असन्तुष्टी व्यक्त गरेका छन् । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरेको २२५ बुँदे नीति तथा कार्यक्रमलाई गिताको उपदेश भनेर संज्ञा दिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महताेले नँया सरकारले नँया बनाउने प्रयास गरेको बताए । यद्यपी कार्यान्वयनमा शंका गर्दै उनले ‘गिताको उपदेश’ भनेर कटाक्छ गरे । ‘प्रत्येक वर्ष सरकारले नीति तथा कार्यक्रम ल्याउछन्,’ उनले भने, ‘तर त्यो अनुसार न बजेट बनियोजन हुन्छ न कार्यन्वयन हुन्छ ।’
नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णा प्रसाद यादवले नीति तथा कार्यक्रम ल्याएर सरकारले विधि मात्रै पुरा गरेको बताए । ‘नीति तथा कार्यक्रम ल्याउने नियमित प्रकृया हो,’उनले भने,‘त्यही अनुसार अहिलेको सरकारले पनि ल्याएको छ । तर, यसमा नया केही छैन् ।’ यो नीति तथा कार्यक्रमले प्रदेशको प्रगति नहुने उनले जिकिर गरे ।
यो नीति तथा कार्यक्रमलाई अर्को प्रतिपक्षि दल जसपाले बहिष्कार नै गरेकाे थियाे ।