मधेश सरकारको नीति तथा कार्यक्रमलाई जसपाले किन गर्याे बहिष्कार ?

जनकपुरधाम । सहमती विपरीत मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा (जसपा) नेपालले बहिष्कार गरेको छ । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्य व्यवस्था परामर्श समितिको बैठक विपरीत ल्याउँदा जसपाले बहिष्कार गरेको हो ।

जसपा संसदीय दलका उपनेता रामअशिष यादवले समितिको बैठकमा तीन दिन सदन नचलाउने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि सहमती जनाउँदै सोमबार र मंगलबार सदन नचलाउँने निर्णय पनि गरिएको सांसद यादवको कथन छ । तर, अचानक एक दिनअघि सदन चल्ने सुचना आएपछि जसपा दलको बैठकबाट बहिष्कार गर्ने निर्णय गरिएको उनले बताए ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज