मधेशमा ढल्यो जसपाको सरकार, पाएनन् मुख्यमन्त्री यादवले विश्वासको मत
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बुधबार मधेस प्रदेश सभामा उनले राखेको विश्वासको मत लिने प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको हो । यससँगै उनी पदमुक्त भएका छन् ।
प्रदेश सभामा मुख्यमन्त्री यादवले राखेको मत लिने प्रस्तावको पक्षमा ५० मत परेको थियो । त्यस्तै, प्रस्तावको विपक्षमा ५३ मत परेको थियो । तटस्थमा ० मत प¥यो । मतदानमा १०३ सांसद सहभागी रहेको सभामुख रामचन्द्र मण्डलले बताए ।
मुख्यमन्त्री यादवले पाँचौं पटक विश्वासको मत लिने प्रयत्न गरेका थिए ।
बुधबार दिउँसो प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै उनले आफू अस्वस्थ भएकाले २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूचीमा राख्न अनुरोध गरेका थिए । तर सभामुखले मुख्यमन्त्रीको पत्रलाई अस्वीकार गरिदिएका थिए ।
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक झन्डै एक घण्टा ढिला सुरु भएको थियो । तर बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरू सहभागी भएका थिएनन् ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसद वीरेन्द्र सिंहले नियमावलीको व्यवस्था स्मरण गराएका थिए ।
‘प्रदेश सभा सञ्चालन नियमावली २०७५ को परिच्छेद ३ नियम ६ को उपनियम ६ मा प्रदेश सभा बैठकमा सरकारको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था गरिएको छ । तर आजको बैठकमा सरकारको उपस्थिति देखिएन । त्यसैले आजको बैठक स्थगित होस् भन्ने माग गर्दछु’, उनले भनेका थिए।
त्यसपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि पनि दलहरूबीच छलफल चलेको थियो । अन्ततः आजै विश्वासको मत नलिए स्वतः पदमुक्त हुने सम्भावना देखेपछि दोस्रो बैठकमा मुख्यमन्त्रीको टिम सहभागी भएको थियो ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?