मधेश प्रदेशसभाको बैठक स्थगित
जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख रामचन्द्र मण्डडले १० मिनेटको लागि बैठक स्थगित गरेको हो । बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव र मन्त्रीहरु अनुपस्थित भएपछि उनले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची प्रदेशसभा बैठकको छ । तर मुख्यमन्त्री र मन्त्रीहरु नै बैठकमा अनुपस्थित देखिएका छन् ।
सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै नेपाली कांग्रेसका सांसद विरेन्द्र सिंहले सरकार उपस्थित नरहेकाले बैठक स्थगित गर्न माग गरेका थिए । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत नपाउने अबस्था देखेपछि विरामी परेको भन्दै अन्तिम समयमा कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीले सभामुखलाई जेठ २८ गते विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयलाई गरे । तर उक्त प्रस्ताव सभामुखले अस्वीकार गर्दै बैठकलाई निरन्तरता दिएपछि मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित भएको बुझिएको छ ।
सभामुलले उक्त परस्थिती मिलाउन १० मिनेटको लागि भनेर बैठक स्थगितको घोषणा गरेका छन् । उनले अबको दुई घण्टाभित्र कुरा नमिले एकतर्फी बैठक सञ्चालन गरी मुख्यमन्त्रीको विश्वासको मत फेल भएको घोषणा गर्ने बुझिएको छ ।