माधवका मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकारबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका मन्त्रीहरुले राजीनामा गरेका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेचु लुंगेलीले मंगलबार अपरान्ह मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री यादवले विश्वासको मत लिन एक दिन बाँकी रहँदा एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा गरेका हुन् ।

बुधबार यादवले विश्वासको मत पाउन नसकेपछि वैकल्पिक गठबन्धन बनाएर जनमतले सरकारको नेतृत्वमा दावी गर्ने सम्भावना छ । जनमतलाई एमाले, माओवादी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिने आन्तरिक तयारी छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज