मोदीले जिते चुनाव

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा सदस्य पदमा निर्वाचित भएका छन् । बराणसी क्षेत्रबाट उनी लगातार तेस्रो पटक निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री मोदीले कांग्रेसका प्रदेश अध्यक्ष अजय रायलाई १ लाख ५२ हजार मतान्तरले पछि पार्दै निर्वाचित भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । यस अघि २०१९ मा भएको सोही क्षेत्रको चुनावमा मोदीले ४ लाख ७९ हजार ५०५ मतान्तरले जितेका थिए । त्यस आधारमा उनी तेस्रो पटक जितेपनि मतान्तर घटेको देखियो ।

Facebook Comments Box