मधेश प्रदेशसभाः बैठक ५०, विधेयक पारित ३

जनकपुरधाम । जसपा नेपालका प्रदेशसभा प्रमुख सचेतक राम अशिष यादवले संसद प्रभावकारी नहुँदा प्रदेशसभाले अपेक्षित उपलब्धी प्राप्त गर्न नसकेको बताएका छन् । सोमबार मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सांसद यादवले सरकारले टेबुल गरेको विधेयकहरु पनि समयमा पारित हुन नसक्नु प्रदेशसभाको कमजोरी भएको औल्याएका हुन् ।

सांसद यादवले मधेश प्रदेशसभाको वर्तमान कार्यकालमा दुई अधिवेशनमा ५० बैठक बसेकोमा जम्मा तीन वटा विधेयक पारित भएको जानकारी दएि । प्रथम अधिवेशनमा ३६ र दोस्रो अधिवेशनमा १४ बैठक बसेको हो । ती बैठकहरुमा अर्थ व्यवस्था सम्बन्धी विधेयक, विनियोजन विधेयक र केही ऐन संशोधन सम्बन्धी विधेयक मात्र पारित भएको सांसद यादवले उल्लेख गरे ।
प्रदेशको पहिलो कार्यकालमा ५५ वटा विधेयक पारित भएको थियो । दोस्रो कार्यकालमा अहिलेसम्म १० विधेयक प्रदेशसभा सचिवालयमा पेश भएको छ । ती मध्ये तीन विधेयक पारित भयो भने बाँकी रहेका सात मध्ये चार वटा विधेयकहरु विषयगत समितिबाट पारित भइसकेको छ । खेलकुद सम्बन्धी विधेयक, स्थानीय सेवा सुविधा सम्बन्धी विधेयक, बालिका संरक्षण सम्बन्धी विधेयक र सवारी दुर्घटन सम्बन्धी विधेयक विषयगत समितिबाट पारित भएर प्रदेशसभामा अगाडि बढेको छ ।

‘सत्ता बन्छ, भत्किन्छ तर संघीयता जोगिनुपर्छ’

ADVERTISEMENT

प्रदेशसभाको तेस्रो अधिवेशनको प्रथम बैठकमा शुभकामना मन्तव्य व्यक्त गर्दै सांसद यादवले सत्ता बन्ने, भत्किने, मुख्यमन्त्री र मन्त्री बन्ने, हट्ने क्रम निरन्तर चलिरहेपनि गणतन्त्र र संघीयताको पक्षमा सबैलाई एकजुट भएर अग्रसर हुन आग्रह गरेका छन् ।

संघीयता रहे लोकतन्त्र रहने उल्लेख गर्दै उनले जनताको अधिकारका लागि पनि गणतन्त्र र संघीयता जोगाउने अभिभारा सबैको काँधमा रहेको जिकिर गरे । सांसद यादवले भुगोलको आधारमा सबैभन्दा सानो भएपनि जनसंख्याको अनुपातमा सबैभन्दा ठूलो प्रदेश रहेको मधेशलाई संघीय सरकारले बजेटमा हेपेको गुनासो गरे ।

मधेश प्रदेशमा जनताको माग अनुरुप आधारभूत आवश्यक्ता पुरा गर्न पनि प्राथमिकतामा बजेट आउनुपर्ने विश्लेषण गर्दै यादवले भने, ‘बजेट माटो, ढुंगा र बालुवाको लागि होइन, जनताको आवश्यक्ता पुर्तिको आधारमा विकास गर्नलाई हुनुपर्ने हो । तर, नेपालमा ठूलो भुगोल भएकै आधारमा अन्य प्रदेशलाई बढी बजेट उपलब्ध गराउँदा मधेशलाई हेपिएको छ ।’

Facebook Comments Box
न्यूज आज