मधेश प्रदेशमा बहुमत दावी गरिहाल्ने विषयमा कानुनी सल्लाह लिँदै विपक्षी
जनकपुर । मुख्यमन्त्री सरोज कुमार यादवको विकल्पमा नयाँ सरकार बनाउन तम्सकेका विपक्षी दलहरुले बहुमतको दावी गरिहाल्ने कि विश्वासको मत लिन दिने भन्ने विषयमा कानुनी सल्लाहमा जुटेका छन् ।
सत्तामा पुग्न हतार गरे भन्ने आरोप लाग्ने डरले ती दलहरु कानुनी सल्लाहकार सहित छलफलमा जुटेका हुन् ।
यस अघि आइतबार साढे ११ बजे नै प्रदेश प्रमुखलाई बहुमत दावी गर्दै ध्यानाकर्षण पत्र बुझाउने समय निर्धारण गरेको थियो ।
‘छलफलपछि टुंगो लाग्छ आजै ध्यानाकर्षण पत्र बुझाउने कि विश्वासको मत लिने समयसम्म पर्खिने’ छलफलमा सहभागी भइरहेका एमाले संसदीय दलका नेता सरोज कुमार यादवले न्यूज आजसँग भने ।
Facebook Comments Box