मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन रोक्ने प्रयास हुँदै
जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन तोकेको समय अगावै विपक्षी गठबन्धनले सत्ता समिकरण फेर्ने दाउमा लागेको छ ।
मुख्यमन्त्री यादवले यहीँ जेठ २३ गते मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसको दुई दिन अगावै अर्थात् आज आइतबार विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष आफुहरुसँग बहुमत रहेको दावीसहित ध्यानाकर्षण गराउन लागेको हो ।
एमाले संसदीय दलका नेता सरोज कुमार यादवका अनुसार आइतबार दिउँसो करिब साढे ११ बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बहुमत दावी सहितको ध्यानाकर्षण पत्र बुझाउने तयारी भएको छ । नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सम्बद्ध संसदीय दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरी प्रदेश प्रमुख भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले न्यूज आजालाई जानकारी दिए ।
विपक्षी गठबन्धनले आफुहरुसँग बहुमत रहेको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइसकेपछि अल्पमतमा रहेका मुख्यमन्त्रीले विश्वासको मत लिइरहनुपर्ने आवश्यक्ता नरहने एमाले नेता यादवको भनाई छ । तर, प्रदेशसभा सचिवालयका एक अधिकृतका अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिनेवारे प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको हुँदा यो अवसर दिन सक्ने प्रतिक्रिया दिए ।
‘मुख्यमन्त्री ज्यूले विश्वासको मत लिन तयार रहेको भनिसकेको हुँदा प्रदेश प्रमुख ज्यूले एक पटक समय दिनुपर्छ भन्ने लाग्छ मलाई’ ती अधिकृतले भने, ‘नयाँ सरकार बन्न पनि त प्रक्रिया अबलम्बन गर्नुप¥यो नि !’