जनमतको पक्षमा बहुमत रहेको भन्दै भोली प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराइने
'यो सहमतिमा लोसपालाई ल्याउने तयारी पनि भइरहेको छ'
जनकपुरधाम । जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेशमा सरकार बनाउन आवश्यक बहुमत कायम भएको जानकारी सहित भोली आइतबार प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।
जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेश यादवको नेतृत्वमा सरकार बनाउन कानुनले निर्धारण गरे बमोजिमको बहुमत आफुहरुसँग रहेको उल्लेख गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष ध्यानाकर्षण पत्र बुझाउने तयारी भएको एमाले संसदीय दलका नेता सरोज कुमार यादवले न्यूज आजलाई जानकारी दिए ।
उक्त ध्यानाकर्षण पत्रमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीका संसदीय दलका नेताहरुले हस्ताक्षर गर्नेछन् । यो सहमतिमा लोसपालाई ल्याउने तयारी पनि भइरहेको यादवले बताए ।
Facebook Comments Box
Author Profile
Latest entries
- Main Newsकार्तिक २७, २०८१जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा
- Main Newsकार्तिक २४, २०८१प्रशासकीय अधिकृतको असहयोगले बहुदरमाइमा समस्या
- Main Newsकार्तिक २४, २०८१गैंडाको आक्रमणबाट टुरगाइड घाइते
- Main Newsकार्तिक २३, २०८१उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न