जनमतको नेतृत्वमा बन्ने भयो मधेश सरकार

जनकपुरधाम । दलहरुबीचको लामो खिचातानीपछि अन्ततः जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार बन्ने करिब निश्चित भएको छ । जनमतसँगै नेकपा एमाले र माओवादी केन्द्रसँगको गठबन्धनलाई माधव नेपालले मधेश प्रदेशका लागि सहमति जनाएपछि यो सम्भव भएको हो ।

एमाले निकट विश्वसनीय स्रोतको अनुसार उपेन्द्र यादव नेतृत्वको जसपालाई मधेश प्रदेशको सत्ताबाट बहिर्गमनका लागि एमालेले हदैसम्मको लचकता अपनाएपछि माधव नेपालले जनमतको नेतृत्वमा सरकार बनाउन तयार भएका हुन् ।

प्रारम्भिक अवस्थामा भएको सहमति अनुसार जनमतलाई मुख्यमन्त्री, एमालेले भौतिक पूर्वाधार, माओवादीले अर्थ र एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय दिने कुरा भएको छ । बाँकी मन्त्रालयको सन्दर्भमा मुख्यमन्त्री सहित यी चार मन्त्रीले पदभार ग्रहण गरे लगत्तै टुंग्याइने बताइएको छ ।

ADVERTISEMENT
Facebook Comments Box
न्यूज आज