माओवादी केन्द्रको बैठकमा माधव नेपालको चर्चा
काठमाडौं । माओवादी केन्द्रको संसदीय दलको बैठकमा सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबारे चर्चा भएको छ।
सिंहदरबारस्थित दलको कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको विषयमा चर्चा भएको हो। नेपाल बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पुगेर विपक्षी दलका नेताहरुको बैठकमा सहभागी भएपछि त्यसको विभिन्न कोणबाट चर्चा हुन थालेको छ।
माओवादी केन्द्रको बैठकमा सांसदहरुले नेपालको सहभागिताले कतै सत्ता गठबन्धनमा खटपट त आउने हैन भन्दै प्रश्न गरेका थिए। सो क्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल आफूुसँग परामर्श गरेर नै बूढानिलकण्ठ गएको र त्यसले सत्ता गठबन्धनमा कुनै असर नगर्ने ‘ब्रिफिङ’ गरेका थिए।
माओवादीका एक सांसदका अनुसार बैठकमा प्रचण्डले आफूले त्यस विषयमा नेपालसँग गम्भीर छलफल गरेको र गठबन्धन तलमाथि हुनेगरी केही पनि नभएको जानकारी गराएका थिए।
नेपाल बूढानिलकण्ठ गएपछि प्रचण्डले फोनमार्फत् कुराकानी गरेका थिए। सो क्रममा अध्यक्ष नेपालले आफूले गठबन्धनलाई धोका नदिने बचन दिएको प्रचण्डले यसअघि नै बताइसकेका छन्। त्यसो त माधव नेपाल बूढानिलकण्ठ गएपछि बुधबार त्यसबारेमा प्रचण्डले एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग एक घण्टा लामो छलफल गरेका थिए। सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपालको घोचपेच चलिरहेका बेला नेता नेपालको दौडधुपलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
त्यस्तै आजको बैठकमा प्रचण्डले आइतबारबाट हुने बजेटमाथिको छलफलमा राम्रोसँग ‘डिफेन्स’ गर्न सांसदहरुलाई निर्देशन दिएका छन्।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?