वडा कार्यालयको अगुवाइमा ३५ जनाले गरे रक्तदान

सबैला, धनुषा । भाइ–बहिनीबीचको प्रेम प्रतिक मानिने रक्षाबन्धनको अवसरमा शुक्रबार धनुषाको सबैला नगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरियो ।

दिदी–बहिनीको सुस्वास्थ्यको कामना गर्दै उक्त नगरपालिका अन्तरगत रहेको १ नम्बर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा ३५ जनाले रक्तदान गरे । रक्तसञ्चार सेवामा रगतको अभाव भइरहेको अवस्थामा यो रक्तदानले सेवाग्राहीलाई ठूलो सहयोग पुगेको रेडक्रस सोसाइर्टी रक्तसञ्चार सेवाका प्रयोगशाला प्रमुख नारायण न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा सबैला नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथिला शाह, वडा नम्बर ९ का वडा अध्यक्ष मनिष राय, मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव लगायतले रक्तदान गरेका छन् ।

त्यस्तै, मानव अधिकारकर्मी विनोद महरा, पत्रकार मुकेश ठाकुर र प्रमोद ठाकुर बरही, जीवन विमा व्यवसायी दिपेन्द्र धामी, स्थानीय अगुवा युवाहरु भवेश्वर (चिंकु) यादव, मनिष साह, आशाराम यादव, समशेर राईन, विसुनदेव महतो, प्रधानाध्यापक भगवान बाबु यादव, सुरक्षाकर्मी इन्द्रनारायण साह र दिलिप कुमार खड्काले पनि रक्तदान गरेका छन् ।

यसैगरी स्थानीय अगुवा युवा अभिशेक कुमार महतो, आकाश प्रसाद साह, ब्रम्हदेव यादव, विनोद ठाकुर, मनोज पासमान, लक्ष्मण प्रसाद साह, बद्रीकुमार यादव, अतिस साह, ज्ञानोदय स्कुलका प्रिन्सिपल नविन कुमार जयसवाल, शिक्षकहरु राकेश कुमार यादव, रोशन प्रसाद जयसवाल, शम्भु नायक, दिलिप कुमार रायले रक्तदान गरेको वडा अध्यक्ष साहले जानकारी दिए ।

सबैला नगरपालिकाका स्वास्थ्य संयोजक संजय कुमार मण्डल, अगुवा युवाहरु सुरिपचन्द्र साह, आनन्द प्रसाद राय, रोशन कुमार दास, मनोज कुमार यादव, सुरेन्द्र मण्डल सुडी तथा आयुष कुमार साहले रक्तदान गरेका छन् ।

रक्तदाताहरुलाई अगामी दिनमा पनि नियमित रुपले रक्तदान कार्यमा सहभागिता जनाउन सबैला रेडक्रस सोसाइटीका सभापति रामएकवाल नायकले आग्रह गरे ।

Facebook Comments Box
    ट्याग: