मर्यादित पत्रकारिताका लागि आचारसंहिता

सुनिता शर्मा । पत्रकार र पत्रकारिताको मर्यादा जोगाउन आचारसंहिता पालनाको विकल्प नभएको सञ्चारकर्मीहरुले स्वीकार गरेका छन् ।

मधेश प्रदेश मिडिया काउन्सिलले बुधबार सर्लाहीको मंलगवामा आयोजना गरेको पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठीमा सहभागी स्थानीय सञ्चारकर्मीहरुले वर्तमान पत्रकारिताको समिक्षा गरेका हुन् । आचारसंहिता पालना नहुँदा पत्रकारिताको मर्यादा घट्नुका साथै सञ्चारकर्मीको सुरक्षामा पनि चुनौति थपिइरहेको उनीहरुको निस्कर्ष थियो ।

कार्यक्रममा सहभागीहरुले आचारसंहिता पालनाको विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मिडिया काउन्सिललाई अभिभावकत्व लिन सुझाव दिएका थिए । सञ्चारकर्मीहरुको सुझावलाई आत्मसात गरी नयाँ योजनाका साथ अघि बढ्न गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले निर्देशन गरेका छन् ।

काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले मधेश प्रदेशको सञ्चार क्षेत्रलाई जिम्मेवार बनाउँदै मर्यादित र सामाजिक हितप्रति समर्पित पत्रकारितालाई प्रबद्र्धन गर्न काउन्सिललाई निर्देशन दिए ।

काउन्सिल अध्यक्ष यादवले तत्काल परिणाम उन्मुख कार्ययोजना बनाएर अघि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comments Box
    ट्याग: