मधेश सरकारको बजेट ४६ अर्ब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक गर्न लागेको बजेटको आकार करिब ४६ अर्बको हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । आइतबार सातवटै प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्न लागेको हो ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि गत वर्षको असार १ गते ४४ करोडको बजेट ल्याएको थियो ।
Facebook Comments Box