प्रजातन्त्रवादी चिकित्सक संघको प्रदेश नेतृत्व देवलाई

जनकपुरधाम । प्रजातन्त्रवादी चिकित्सक संघका मधेश प्रदेश अध्यक्षमा डा. किशोर कुमार देव चयन भएका छन् ।
नेपाली कांग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा जनकपुरमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट संघले नयाँ नेतृत्व पाएको हो ।
संघको उपाध्यक्षमा डा. अश्विनी कुमार झा, महासचिवमा डा. विपिन कुमार यादव र सचिवमा डा. अमित कुमार यादव, डा. सितेश गोइत, डा. राजेश साह, डा. संजय कुमार सिंह तथा डा. मिशा महासेठ चयन भएका छन् ।
प्रजातन्त्रवादी चिकित्सक संघको कोषाध्यक्षको जिम्मेवारी डा. भावना रौनियारलाई तोकिएको छ । सहकोषाध्यक्षमा डा. राजेश साह र डा. परशुराम चौधरी तोकिएका छन् ।
अधिवेशनले प्रदेशका सबै जिल्लामा संयोजक पनि तोकेको छ । सप्तरीका संयोजक डा. अनिल कुमार यादवलाई बनाइएको छ भने सिरहाको जिम्मेवारी डा. तेजशंकर यादवलाई दिइएको छ । धनुषा संयोजकमा डा. राजेश कुमार साह, महोत्तरी संयोजकमा डा. अनिल कुमार ठाकुर र सर्लाही संयोजकमा डा. विजय कुमार कापरलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, रौतहट जिल्लाको संयोजकमा डा. मनोज कौशल, बारा जिल्लाको संयोजकमा डा. मनोज यादव र पर्सा जिल्लाको संयोजकको जिम्मेवारी डा. कुशराज गिरीलाई तोकिएको छ ।


