पत्रकार सुरेश रजकको घरमा आफूले आगो लगाएको राजावादीको स्वीकारोक्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य अनुप राजावादी भनिने भन्ने गोकर्ण शाहीले गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो लगाउन आफू पनि संलग्न रहेको बताएका छन् ।
प्रहरीसँगको बयानका क्रममा उनले आफू पनि उक्त आगजनीमा संलग्न भएको स्वीकार गरेका छन् ।
उनले तारा राजावादीसहितको समूहमा मिसिइ आफूले पनि उक्त आगजनी गरेको बयानमा बयान दिएका छन् । उक्त आगलागीमा आफूसहित तारा राजावादी भन्ने सरोज सरोज गौतम र शिवसेनाका सदस्य दण्डपाणि रेग्मीलगायत सहभागी भएको उनले बताएका छन् ।
अनधिकृत रुपमा भुइँतला हुँदै घरमा प्रवेश गरी आगो लगाएपछि त्यहाँबाट आफूहरु पेरिसडाँडास्थित नेकपा माओवादीको कार्यालय तोडफोड गर्न गएको बताएका छन् ।
एटीएफ, पीडीएफ, आरटीएफ, शिव सेनालगायतका संगठनमा आवद्ध २५/३० जनाको समूह माओवादीको केन्द्रीय कार्यालयमा तोडफोड गर्न गएकोमा त्यहाँ वाईसीएललका सदस्यलगायत देखेर फर्किइ डेरातर्फ गएको बयानमा बताएका छन् ।
तीनकुनेस्थित घरमा लगाइएको आगलगीबाट पत्रकार सुरेश रजकको मृत्यु भएको खबर पछि सामाजिक सञ्जालहरुबाट थाहा पाएको बयान गरेका छन् ।


