दैनिक १७ जनाले गर्छन् आत्महत्या

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले देशभर मुख्य चुनौतीको विषय बनिरहेको लागु औषध ओसारपसार तथा सेवन नियन्त्रणमा जोड दिएका छन् ।
शुक्रबार जनकपुरमा बसेको प्रदेश सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री लेखकले लागु औषध नियन्त्रण गर्नु सुरक्षाकर्मीको लागि ठूलो चुनौती रहेको बताए । यसका लागि सरोकारवाला सबै पक्षलाई गम्भिरतापुर्वक लाग्न उनले निर्देशन दिए ।
त्यस्तै, दैनिक सात जनाको ज्यान सडक दुर्घटनामा हुने गरेको विषय पनि मन्त्री लेखकले उल्लेख गरे । दैनिक १७ जनाले आत्महत्या गरिरहेका छन् । यस्ता घटनाहरुलाई नियन्त्रण गर्न आवश्यक सीपको प्रयोग गरी सुरक्षा निकायले काम गर्नुपर्ने उनको भनाई थियो ।
Facebook Comments Box


