धनुषा एमालेलाई भोला यादवको नेतृत्व

जनकपुरधाम । धनुषा एमालेको नेतृत्वमा भोला यादवको नेतृत्व फराकिलो मतान्तरले निर्वाचित भएको छ ।
गत बुधबार जनकपुरस्थित महेन्द्र नारायण निधि स्मृति भवनमा आयोजित एमाले जिल्ला अधिवेशनबाट केन्द्रिय नेता रघुवीर महासेठ पक्षको प्यानले विजयी भएको हो । निर्वाचनमा महासेठ पक्ष र अर्का नेता उमाशंकर अडगरिया पक्षको प्यानलमा उम्मेदवार उठेका थिए ।
जिल्ला अध्यक्षमा भोला यादव ४०२ मत पाएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवले जम्मा २०० मत प्राप्त गरे ।
उपाध्यक्षमा तेजनारायण यादवले ४३० मत पाउँदा जय प्रकाश सुनरैतले जम्मा १६० मत पाए ।
सचिवमा दिपनारायण ठाकुरले ३६५ मत पाएर निर्वाचित भए । विपक्षी धिरेन्द्र मण्डलले जम्मा १४० मत पाए । उपसचिवमा सविन विक्रम थापा निर्वाचित भए ।
Facebook Comments Box


