शुल्क प्रस्ताव गर्न निजी विद्यालयको अटेरी

जनकपुरधाम । जनकपुरधाममा सञ्चालित निजी (संस्थागत) विद्यालयहरुले विद्यार्थीसँग असुल गर्ने शुल्क प्रस्ताव गर्नुपर्ने नगरपालिकाको निर्देशनलाई अटेर गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले गत चैत ५ गते शैक्षिक वर्ष २०८२ को लागि शुल्क प्रस्ताव मागेको थियो । नगरपालिकाले शुल्क प्रस्ताव आह्वान गरेको एक महिना बितिसक्दा पनि निजी विद्यालयहरुले वास्ता नगरेपछि सोमबार दोस्रो पटक ताकेतास्वरुप सूचना जारी गरिएको छ ।

‘शैक्षिक सत्र २०८२ मा विद्यालयहरुमा लागु गर्ने शुल्कको प्रस्ताव मिति २०८१।१२।२० गते भित्र पेश गर्ने माग भई आएकोमा हालसम्म धेरैजसो विद्यालयहरुले पेश नगरेकोले सात दिनभित्र पेश गर्न यो ताकेता पत्र लेखिएको हो’ सोमबार जारी गरिएको सूचना पत्रमा उल्लेख छ ।

Facebook Comments Box
    ट्याग: