प्रधानमन्त्री–शिक्षक वार्ता जारी

काठमाडौं । १७ दिनदेखि काठमाडौं केन्द्रीत जारी शिक्षक आन्दोलन साम्य पार्न प्रधानमन्त्री केपी शर्माले वार्ता थालेका छन् ।
वालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री ओलीसँग आन्दोलनरत शिक्षकका प्रतिनिधिहरु वार्ता गरिरहेका छन् । शुक्रबार अबेर साँझ सुरु भएको वार्ता राति १० बजेसम्म जारी रहेको जनाइएको छ ।
शिक्षकहरुले शिक्षा ऐन जारी नभएसम्म विद्यालयमा नफर्किने अडानसहित निरन्तर आन्दोलनमा रहेका छन् । शुक्रबार दिउँसो प्रदर्शनको क्रममा आक्रोसित शिक्षकहरुले ‘केपी चोर देश छोड’ भन्ने नारा लगाएका थिए ।
Facebook Comments Box