प्रदेशसभामा प्रधानमन्त्री, यी हुन् कार्यसूचि

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौंबाट हेलिकोप्टरमा जनकपुर आउन लागेका प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ । यसका लागि प्रदेशसभा सदस्यहरुलाई १० बजे बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दियो ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको प्रदेशसभा बैठकका लागि तयार गरिएको कार्यसूचिमा दुई वटा प्रस्ताव रहेको छ । पहिलो प्रधानमन्त्रीलाई सम्बोधन गर्न अनुरोध गर्ने र दोस्रो धन्यवाद प्रस्ताव पारित गर्ने ।
मधेश प्रदेशसभामा पहिलो पटक देशका प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
Facebook Comments Box