रघुनाथपुरमा श्रीमद्भागवतको तयारी पुरा

रघुनाथपुर (धनुषा) । सबैला नगरपालिकास्थित रघुनाथपुरमा आज (आइतबार) देखि श्रीमद्भागवत महापुराण कथावाचन सप्ताह सुरु हुँदैछ ।

श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिले आयोजना गरेको सप्ताहमा श्री शिवांशजी महाराजले कथावाचन गर्नेछन् । चैत ३० गतेसम्म चल्ने कथावाचन सुन्न साविक रघुनाथपुर घर भई विभिन्न जिल्ला तथा सहरमा बसोबास गर्न थालेका सबैजनाको उपस्थिति रहेको आयोजक टिमका अगुवा विनोद पालले जानकारी दिए ।

रघुनाथपुरबासीहरुको पुनर्मिलनको सुखद् संयोग जुडेको यो अवसरमा एक सप्ताह अगावैदेखि आयोजक समिति सरसफाई तथा मन्दिर र बजार क्षेत्रलाई सजाउने कार्यमा लागेको देखिन्छ । करिब दस लाख रुपैयाँ लागतमा आयोजना हुन लागेको सप्ताहले समाजमा सत्संगसँगै सद्भाव निर्माण गर्ने विश्वास गरिएको छ ।

गाउँमा धर्मशाला निर्माण गर्ने तथा सामुदायिक शिक्षा सुधारको अभियानमा टेवा पुग्ने उदेश्यले महापुराण कथावाचन सप्ताहमा स्थानीयलाई खुलेर दान गर्न पनि आयोजकले आह्वान गरेको छ ।

Facebook Comments Box
    ट्याग: