दोस्रो दिनपनि शिक्षक आन्दोलन जारी

काठमाडौं । शिक्षा ऐन माग्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

बुधबारदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरु बिहीबार दोस्रो दिनपनि सडकमा प्रदर्शन गरे । शिक्षा विधेयकलाई अविलम्ब ऐनको रुपमा लागु गर्न माग गर्दै शिक्षकहरुले माग पुरा नभएसम्म विद्यालयमा नफर्किने चेतावनी दिएका छन् ।

Facebook Comments Box
    ट्याग: