देउवा, ओली र दाहाल एउटै टेवुलमा

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सोमबार सिंहदरबारमा सँगै बसेर छलफल गरेका छन् ।

चार महिनापछि यसरी प्रमुख तीन नेता पहिलो पटक सँगै बसेर कुनै विषयमा विमर्श गरेका छन् । उनीहरुले संक्रमणकालिन न्याय सम्बन्धी विषयमा केन्द्रीत रहेर छलफल गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दियो ।

बैठकले सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि सर्च कमिटी बनाउने निर्णय गरेको छ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण मेलमिलाप ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष लगायत पदाधिकारी सिफारिसका लागि सर्च कमिटी गठन प्रक्रिया अगाडी बढाउने विषयमा तीनैजना नेताबीच सहमति भएको बताइएको छ ।

Facebook Comments Box
    ट्याग: