तत्काल मिल्यो ‘यादव चौक’ विवाद

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा चौकको नामकरण विषयमा तीनदेखि जारी तनाव तत्कालका लागि व्यवस्थापन गरिएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले दुई पक्षबीच सहमति हुने वातावरण बनाउन सफल भएको छ । सुरक्षा समितिका पदाधिकारीसँगै सम्बन्धित दुवै पक्षबीच लामो छलफल भई दुई महिनाभित्र स्थानीय सरकार सञ्चालन ऐन बमोजिम चौकको नामकरण गर्ने शर्तमा तत्काल विवाद साम्य भएको हो ।

बैठकले प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका सन्तोष यादवको उपचार खर्च व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिबाट निर्णय गरी गृह मन्त्रालयलाई सिफारिस गर्ने, कानुन बमोजिम नामकरण नभएसम्म उक्त चौक जे अवस्थामा छ त्यहीँ अवस्थामा रहन दिने, घटनाको अनुसन्धान डिएसपीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अनुसार अघि बढ्ने र चोक नामकरण नभएसम्म दुवै पक्ष संयमित भएर एक अर्कालाई सम्मान गर्ने विषयमा सहमति कायम भएको प्रमुख जिल्ला अधिकारी कडरियाले जानकारी दिए ।

Facebook Comments Box
    ट्याग: