पानी निस्किनुपर्ने ठाउँबाट आगो निस्कियो

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगो निस्किएको छ । पानी निकाल्न गरिरहेको बोरिङबाट अचानक आगो निस्किएको स्थानीयले जनाए ।

पानीका लागि करिब ९ सय फिट बोरिङ अचानक आगो निस्किएको हो । बोरिङ गर्ने मिस्त्री तथा कामदारले हिलो र पानी छ्यापेर निभाउने प्रयास गरेपनि आगो ननिभिएको प्रहरीले जनायो ।

प्रहरीले बोरिङ गर्ने क्रममा जमिनमुनिबाट प्रज्ज्वलनशिल ग्यास निस्किएको र सोही ग्यासमा आगो लागेको हुन सक्ने अनुमान गरेको छ । घटनापछि सम्बन्धित विषयका विज्ञलाई बोलाइएको छ ।

आगो जमिनबाट निस्किएको हो कि ग्यास निस्किएर आगो लागेको भन्ने विषयमा आधिकारिक पुष्टी भइनसकेको ललितपुर प्रहरीले जानकारी दियो ।

Facebook Comments Box