जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
फागुन १८ देखि २० गतेसम्म चल्ने बैठकमा पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समिक्षा गरिने एजेण्डा रहेको प्रचारप्रसार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए ।
अभियान अन्तर्गत पालिकास्तरमा खटाइएका प्रतिनिधिहरुले प्रगति विवरण प्रस्तुत गर्ने छलफलको विषयवस्तुमा राखिएको छ ।
Facebook Comments Box