आज प्रदेशसभा बस्दै, के छ कार्यसूची ?

जनकपुरधाम । मधेश प्रदेशसभाको चौथो अधिवेशन अन्तर्गत १३ औं बैठक आज (आइतबार) दिउँसो एक बजे बस्दैछ ।
बैठकमा प्रदेश कृषि विकास विधेयक सम्बन्धी समितिको प्रतिवेदन उपर दफावार छलफल गरी पारितका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले प्रस्तुत गर्नेछन् ।
त्यस्तै, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मियाँले प्रादेशिक व्यापार तथा व्यवसाय प्रबद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन् ।
कार्यसूची अनुसार खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले प्रदेश नीति आयोग गठन तथा सञ्चालन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने छन् ।

Facebook Comments Box