फेरिन्छ त मधेश सरकार ?

जनकपुरधाम । संघीयता कार्यान्वयन भएदेखि निरन्तर ६ वर्षसम्म मधेश प्रदेश सरकारको नेतृत्व सम्हालेको जनता समाजवादी पार्टी (जसपा) फेरि सरकारमा फर्किने सम्भावना बलियो भएको छ ।

पछिल्लो पटक माओवादीसँग गठबन्धन गरेपछि एमालेले मधेश सरकारको नेतृत्व जसपाबाट खोसेको थियो । पछि कांग्रेससँग मिलेर पनि जसपालाई प्रदेश सरकारमा आउन दिएन ।

यति बेला एमालेकै नेतृत्वमा रहेको संघीय सरकारले अध्यादेशबाट ल्याएको कानुन राष्ट्रियसभामा पास गराउन जसपाको साथ आवश्यक पर्यो । जसपाले पनि यहीँ मौका हो भन्दै मधेश प्रदेश सरकारको नेतृत्व आफुले पाउनुपर्ने अडान तेर्स्याइदिएको छ । एमाले नेतृत्वको संघीय सरकारको अगाडी प्रदेशमा जसपालाई नेतृत्व दिनुको विकल्प पनि रहेन ।

यसअर्थमा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश सरकार फेरि जसपाकै पोल्टामा पर्ने सम्भावना बढेको छ । एमाले र कांग्रेसको गठबन्धनमा रहेको संघीय सरकारले कि मधेश सरकार हस्तान्तरण गर्न तयार हुनुपर्यो या अध्यादेश फेल गराउन तयार रहनुपर्ने बाध्यात्मक अवस्था आइदिएको हो ।

स्रोतको अनुसार जसपाले मधेश सरकारको नेतृत्व पाए अध्यादेश पारित गराउन साथ दिने संकेत गरेको छ । जसपाको उक्त शर्त पालना गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक रहेको एक मन्त्रीले न्यूजआजलाई जानकारी दिए ।

Facebook Comments Box