न्यायाधीशमाथि कारबाही र न्यायको माग गर्दै जिल्ला अदालत रौतहट अगाडी धर्नामा

रौतहट। न्याय दिन नसकेका जिल्ला अदालत रौतहटका एकजना न्यायाधीश माथी कार्वाही र न्यायको माग गर्दै एक परिवार धर्नामा बसेका छन्।

कर्तब्य ज्यान मुद्दाका अभियुक्त लाई बिभिन्न प्रभावमा परी सफाई दिएको भन्दै जिल्ला न्यायाधीश मनोज केसी माथी कार्वाही र न्यायको माग सहित सिंगो परिवार गत सोमवार जिल्ला अदालत रौतहट अगाडी प्रदर्शन गरी हिजो बुधवार देखी धर्नामा बसेका हुन्।

बुधबार राती ९ बजे जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले बलपूर्वक धर्नास्थल बाट आफूहरु लाई भगाएको कारण आज बिहान १० बजेदेखि सपरिवार धर्नामा बसेको पिडित भनिएका राजन गुप्ताले न्युज आज लाई बताएका छन्। न्यायको माग गर्दै बुधवार दिउँसो देखी धर्ना सुरुगर्दाको समय देखिनै यहाँका केही प्रहरीले बिभिन्न बहानामा अनावश्यक दुःख दिइरहेको गुप्ताले गुनासो गरेका छन्।

घटनामा मृत्यु भएका यमुनामाई गाउँपालिका ४ सरुअठा गाउँका अनुठा गुप्ताको छोरा वर्ष ५२ का राम विनोद गुप्ताको आमा, बुवा, श्रीमती, भाई, बहिनीहरु, भिनाजु, समधी सहित १८ जना अदालतको मुलगेटको छेउमा ब्यानर झुण्ड्याएर धर्नामा बसेका छन्।

पसलमा उधारो सामान नदिएको रिसिबिको कारण २०७६ असार ४ गते राती १० बजे बिनोद गुप्ता लाई गाउँकैएक समूहले मर्नासन हुनेगरी कुटपिट गरेको थियो।

टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज बीरगंजमा ६ दिन पछि असार १० गते मृत्यु भएको थियो।

मृत्यु लगत्तै मृतकको भाई राजन गुप्ता र उनको श्रीमति अनिता देवीले दिएको जाहेरीको आधारमा नाबालक निखिल सिंह , विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंह माथी तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो।

रामकिशोर सिंह र रामविनोद सिंह, निखिल कुमार सिंहलाई केही १ बर्ष अघी प्रहरीले पक्राउगरी कारबाहीको लागि जिल्ला अदालत रौतहटमा मुद्दा पेस गरेको थियो।

अदालतले अभियुक्त मध्ये एकजना नाबालक १३ बर्षीय निखिल कुमार सिंह लाई तत्काल सुधार गृह बिरगंज र पछि अभिभावकको जिम्मा लगाएको थियो।

अन्य दुवैजना रामकिशोर सिंह र रामविनोद सिंह, लाई तत्काल जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो।

धरौटीमा छुटेर तारेखमा रहेका अभियुक्त दुवैजना रामकिशोर सिंह र रामाबिनोद सिंह लाई गत २० गते आईतवार जिल्ला अदालतमा रौतहटमा पेस गर्दा जिल्ला न्यायधिस मनोज केसीको ईजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाईको फैसला सुनाएको थियो।

फैसलाको भोलिपल्ट गत २१ गते सोमवार देखी पिडित पक्षको जाहेरीवाला राजन गुप्ता र मृतकको श्रीमती अनिता देवी सपरिवार समर्थक सहित आन्दोलित भएका छन्।

भाईको हत्या गरेको व्यक्तिलाई सफाई दिएकोमा आफु मर्माहित भएको भन्दै न्याय न पाएसम्म आन्दोलन जारी रहने गुप्ता परिवारले अडान लिएका छन्। न्यायको लागि आफूहरु आन्दोलित हुँदा सरुअठा गाउँका सिंह थरका केही दबंगहरु आएर पटक पटक धम्की दिइरहेको मृतकका भाई राजन गुप्ताले बताएका छन्।

एउटा न्यायको लागी सपरिवार धर्नामा बसिरहँदा पटक पटक धम्की आउँदा आफूहरु असुरक्षित महसुस गरिरहेकाले आवश्यक सुरक्षा दिन गुप्ता परिवारले जिल्ला प्रहरी कार्यालय रौतहट संग माग गरेका छन्।

उक्त घटनाका अन्य ४ जना आरोपी भन्ने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Facebook Comments Box