सांसदको लगानी, तिर्थालुले खान पाएनन् पानी

जनकपुरधाम । संविधानसभा सदस्य मिनाक्षी झाले जानकी मन्दिर दर्शन गर्न आउने तिर्थालुहरुका लागि प्यास मेट्न भनेर पवित्र मनसायका साथ बनाइदिएको खानेपानी दुरुपयोग भइरहेको छ ।
मन्दिर परिसरमा निर्मित उक्त घरमा तिर्थालुले सफा खानेपानी पाउनुपर्ने हो । तर, मन्दिर व्यवस्थापकले त्यो घरलाई स्टोर (गोदाम) बनाइदिएको छ ।
तत्कालिन सांसद एवम् संविधानसभा सदस्य झाको सिफारिसमा संसदीय कोषको रकम खर्च गरी निर्माण गरिएको पानी घर तत्कालिन मन्त्री विमलेन्द्र निधिले उद्घाटन गरेका थिए ।


Facebook Comments Box