सरकार बन्न सक्ने जनमतको दावी, के अन्य दलको साथ रहला त ?
जनकपुर । मधेश प्रदेश सरकारमा जनमतको दावी छ । जनमतका अध्यक्ष डा. सिके राउतको सचिवालयबाट प्रकाशित विज्ञप्ती अनुसार जनमतको नेतृत्वमा सरकार बन्ने उल्लेख छ ।
उक्त विज्ञप्तीमा नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका दलको नेता सरोजकुमार यादव, जनमतको संसदीय दलको नेता महेश प्रसाद यादव र नेकपा माओवादी केन्द्र संसदीय दलको नेता भरतप्रसाद साहले संयुक्त हस्ताक्षर गरेको छ ।
जसमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने उल्लेख गरेको छ । तर अंकगणित अनुसार त्यो सम्मभव भने देखिदैन् । सरकार निर्माणका लागी मधेशमा ५४ सिट आवश्यक्ता पर्दछ । भने विज्ञप्तिमा तीन दलका नेताहरुको मात्रै हस्तक्षार गरेको छ । यसरी हेर्दा यस निर्णयमा अन्य दलको सहमति नरहेको बुझिएको छ।
यस अघि पनि माओवादी केन्द्रका संसदीय दलको नेता साहले मौखिक रुपमा जनमतको नेतृतवमा सरकार बनाउने अफवाह छरेका थिए । उनले आफ्नो मन्त्रीपदको बार्गेनिङ्गका लागि पटक पटक यस्ता अफवाह फैलाइरहेका छन् ।