कुम्भबाट फर्किदैगर्दा दुर्घटनाः धनुषा र महोत्तरीका पाँचको मृत्यु

जनकपुरधाम । कुम्भ मेलाबाट फर्किरहेको बेला भएको सवारी दुर्घटनामा धनुषा र महोत्तरीका पाँच जनाको मृत्यु भएको छ ।

बिहारको मुज्फरपुरमा भएको दुर्घटनामा पाँच जना नेपाली नागरिकको मृत्यु भएको छ । आज (शनिबार) भएको उक्त दुर्घटनामा धनुषा र महोत्तरी जिल्लाका नागरिक भएको प्रहरीले जनाएको छ ।

बी आर ३२ पी ए ४६६१ नम्बर भएको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना भएको हो । दुर्घटनामा अर्चना ठाकुर, कनतारनी देवी, बालकृष्ण झा र इन्दु देवी तथा स्कोर्पियो चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका छन् । घाइतेहरुको स्थानीय श्री कृष्ण मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक तथा घाइतेहरु धनुषाको जनकपुर र महोत्तरीका हर्दियाका रहेको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।

Facebook Comments Box