‘विकासको लागि जसपाको विकल्प छैन’

सञ्जय मिश्रा

रौतहट । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य बीरेन्द्र भन्ने न बिन्देश्वर यादवले समग्र विकासको लागि आफ्नै पार्टी नेतृत्वको बिकल्प नभएको दावी गरेका छन् ।

रौतहटको पश्चिमिभेग फतुवा विजयपुर नगरपालिका ७ स्थित शुक्रवार पार्टी कार्यकर्ता भेला लाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले उक्त विचार राखेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य यादवले आफ्नो गृह नगर फतुवा बिजयपुरमा दुई दुईपटक मेयर सहित कांग्रेस पार्टी बाट बहुमत सहित जितेर विकासको नाउँमा भ्रष्टाचार बाहेक अन्य केही गर्न नसकेको उदाहरण दिएका थिए ।

दोस्रोपटक निर्वाचित कांग्रेसका मेयर गोपाल राय यादव बिशेष अदालत बाट भ्रष्टाचारी ठहर भएर निलम्बित भएका छन् ।

कार्यवाहक मेयर निर्वाचित उपमेयर अम्बेया खातुन संगै फतुवा बिजयपुरका अधिकांस जनप्रतिनिधि बजेट कै भागबण्डामा अल्झिएको कारण ७ बर्षमा हेर्ने भन्ने लायक कुनै ठोस विकास हुन नसकेको उनले गुनासो गरेका छन् ।

मधेश प्रदेशका बर्तमान अर्थ मन्त्री सुनिल कुमार यादवको गृह नगर समेत रहेको फतुवा बिजयपुर नगरपालिकाको दोस्रो कार्यकाल भागबण्डा मै बितिरहेको यादवले जिकिर गरेका थिए ।

उनले मधेश प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहँदा प्रदेशको समग्र विकासको भएको दाबी गरेका थिए। हाल प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्दा प्रायः सबै क्षेत्रमा भ्रष्टाचार भढेको जसपा केन्द्रिय सदस्य बिन्देश्वर यादवले दाबी गरेका थिए ।

फतुवा बिजयपुर जसपा नगरकमिटि संयोजक जयमङगल यादवको अध्यक्षतामा भएको कार्यकर्ता भेलाले राम कैलाश ठाकुरको अध्यक्षतामा १३ सदसिय पार्टी वडा कमिटि गठन गरेको छ ।

कार्यक्रममा जसपा केन्द्रिय सदस्य विन्देश्वर राय यादव, प्रदेश कमिटी सदस्य बिजय चौधरी, जिल्ला उपाध्यक्ष अमृत लाल चौधरी, युवा नेता उमेश चौधरी, वडा सदस्य कैलाश ठाकुर, राम अशिष शाह,जिरनि देबि राम,लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

मिसन २०८४ लाई लक्षित गरेर जसपाले फतुवा विजयपुरको बिभिन्न वडाहरू संगै जिल्लाको प्रायः सबै स्थानिय निकायमा संगठन सुदृढीकरण तथा संगठन बिस्तार लाई तिब्रता दिएको छ ।

Facebook Comments Box
    ट्याग: