प्रशासन र अख्तियारले नसुनेपछि मिडियालाई गुहार

सञ्जय मिश्रा

रौतहट । सामान्य १८ सय रुपैयाँ सुत्केरी भत्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय देखी अख्तियारको कार्यालय सम्म हजारौँ खर्च गरी बर्षौ देखी कोही धाइरहेको कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर यो तीतो यथार्थ हो रौतहटको पूर्विभेग गढीमाई नगरपालिकाको।प्राथमिक स्वास्थ केन्द्र समनपुरले सुत्केरी भत्ता बापतको रकम नदिँदा एकजना शिक्षक नगरपालिका, जिल्ला प्रशासन देखी अख्तियार सम्म धाउँदै अब मीडिया संग गुहार लगाउँदै छन् ।

नेपालमा सुत्केरी मृत्यु दर घटाउन ,सुरक्षित सुत्केरी गराउन नेपाल सरकारले सरकारी स्वास्थ संस्था वा बर्थिङ सेन्टरमा जाने महिलालाई प्रोत्साहनको ब्यवस्था गरेको छ। सरकारी स्वास्थ्य संस्थामा वा बर्थिङ सेन्टरमा गर्भवती भएदेखि ४ पटक जाँच गराउने र त्यहीँ सुत्केरी गराउने महिला अथवा परिवारको लागि नेपाल सरकारले प्रोत्साहन स्वरूप एकमुष्ट १८ सय रुपैयाँ दिने ब्यवस्था गरेको छ। सामुदायिक स्वास्थ्य संस्था , बर्थिङ सेन्टरमा मा गर्भवती महिलाको निःशुल्क जाँच हुनुका साथै निःशुल्क सुत्केरी गराउने सुविधाका साथै ४ पटक गर्भवती जाँच र सुत्केरी गराउन जाने आउने यातायात खर्च भनेर जनही दिने १८ सय रुपैयाँ गरिब तथा बिपन्न परिवारको लागि आकर्षण बनेको छ।

अहिले पनि सहर बजार देखी ग्रामीण क्षेत्रमा सरकारी स्वास्थ संस्था वा बर्थिङ सेन्टरमा सुत्केरी गराउने अधिकांस गरीब तथा विपन्न परिवारका मानिस हुनेगरेको कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष एमालेका युवा नेता चन्दन कुशवाहाले बताएका छन्।

२०७४ सालमा भएको स्थानीय निकायको निर्वाचन अघी स्वास्थ केन्द्रले पठाएको रेकर्ड अनुसार जिल्ला स्वास्थ्य कार्यालयले सीधा स्वास्थ केन्द्रको नाउँमा निर्धारित रकम पठाउने गरेको थियो। २०७४ को स्थानीय निकायको निर्वाचन पछी स्थानिय स्वास्थ केन्द्रले सुत्केरी भएको पठाउने संख्याको आधारमा निर्धारित रकम जिल्ला स्वास्थ केन्द्रले स्थानीय निकायको खातामा पठाउँछ। पछि स्वास्थ केन्द्रका प्रमुख र नगर स्वास्थ संयोजकको समन्वयमा पालिकाबाट रकम निकासा गराई सम्बन्धित सुत्केरी महिला वा तिनको परिवार लाई दिनेगरेको थियो।

तर, पछिल्लो समय रौतहटको सरकारी स्वास्थ्य संस्था, बर्थिङ सेन्टरमा सुत्केरी गराने परिवारले बिभीन्न पालिकामा हुनेगरेको अनेकन बिवाद समस्याको कारण सुत्केरि भत्ता समयमा हातमा पार्न सकेको अवस्था छैन। सुत्केरी भत्ता कै लागी बर्षौ कुर्नुपर्ने अवस्था भएको छ। मात्र १८ सय रुपैयाँ सुत्केरी भत्ताको लागी कती हैरान हुनु भनेर कतिपय मानिस चुप लागेर बस्न बाध्य हुन्छन्। रौतहटकै एकजना मानिस सुत्केरी भत्ता पाउने बर्षौ धाएर पनी नपाउँदा जिल्ला प्रशासन कार्यालय देखी अख्तियार दूरुपयोग अनुसन्धानको कार्यालयमा लिखित उजुरी दिदाँ पनी पाउन नसकेर पहलको लागि मीडिया लाई आग्रह गरेका छन्।
जिल्लाको पूर्विभेग गढीमाई नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्र समनपुर बर्थिङ सेन्टरमा बच्चा जन्मिए पछि पाउने सुबिधा नपाएको कृष्णनन्दन यादवले गुनासो गरेका छन् ।

फतुवा बिजयपुर नगरपालिका ४ का यादवको श्रीमती गढीमाई ५ मदनपुरकी बसन्ती यादवले २०७९ असोज ११ गते समनपुर बर्थिङ सेन्टरमा बच्चा जन्मिएको थिईन्। उनको श्रीमान कृष्णनन्दन पटक प्राथमिक स्वास्थ केन्द्र समनपुरले दौडाउँदै रकम नदिएको बताए। प्राथमिक स्वास्थ्य केन्द्र समनपुरका प्रमुख राम सरकार रायले २०८० सालको रकम मात्र आएको र ०७९ को रकम नआएको भन्दै फर्काएको उनले बताए।

त्यस अघि २०७५ साउन ११ मा उनकै जेठो बच्चाको त्यहीँ जन्म भएको थियो तर त्यसमा पनि सुत्केरी भत्ता पाउन नसकेको उनले बताए।

त्यतिमात्र नभई २०८० चैतमा उनको आफ्नै साली सीमा देवीको बच्चा त्यहीँ जन्मिएको थियो तर हालसम्म कुनै सुबिधा दिएको छैन कृष्णनन्दन यादवले गुनासो गरेका छन्।

ग्रामीण क्षेत्रमा सरकारी स्वास्थ संस्था, बर्थिङ सेन्टरमा सुत्केरी गराउन गरिब, दलित, बिपन्न परिवारका महिला जानेहुँदा उनीहरुलाई सुत्केरी भत्ता कसरी पाउँछ उनले प्रश्न गरेका छन्।

आफू पढेलेखेको आफ्नै सवारी साधन मोटरसाइकल हुँदा पटक पटक बर्थिङ सेन्टर प्राथमिक स्वास्थ केन्द्र समनपुर , गढीमाई नगरपालिका धाउँदा पाउन नसकेको सुत्केरी भत्ता सर्वसाधारण ले कसरी पाउँछ उनको भनाई छ।

आफू संगै जनहितको लागि २०८१ साल असोज १४ गते प्राथमिक स्वास्थ केन्द्र समनपुरका प्रमुख राम सरकार यादव लाई बिपक्षी बनाएर जिल्ला प्रशासन कार्यालय गौरमा दर्ता नम्बर १७० को लिखीत उजुरी दिएको थिएँ।

जिल्ला प्रशासनको पत्र अनुसार ईलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ केन्द्र प्रमुख यादव लाई झिकाएर छलफल गरायो तर समस्या समाधान भएन। त्यस अघि २०८१ भदौ ११ गते दर्ता नम्बर १०५७-c – ०१२३७२ को लिखित उजुरी अख्तियार दूरपयोग अनुसन्धानको कार्यालय हेटौंडामा दर्ता गराएको थिएँ।

पटक पटक त्यहाँका सूचना अधिकारी लाई फोन गरेर ध्यानाकर्षण गराउँदै आएको छु तर समस्या प्रती कुनै निकायले चासो न देखाएको पीडित कृष्णनन्दन यादवले गुनासो गरेका छन्। सुत्केरी भत्ता समस्या प्रत्यक्ष मेरो मात्र देखिएपनि अप्रत्यक्ष रूपमा यो समस्या जिल्लाको सैयौं परिवारको हो र यसको समाधानको लागि कुनै निकायले ध्यान दिएन तथापी हाम्रो पीडा राज्य सम्म पूर्याईदिनुस उनले न्युज आज लाई कुरा गर्दै अनुरोध गरेका थिए।

प्राथमिक स्वास्थ्य केन्द्र समनपुरका प्रमुख यादवले २०७८ साल फागुन देखी ०७९ मसान्त सम्मको सुत्केरी भत्ता बापतको रकम कार्यालयको बैंक खातामा नआएको बताएका छन्।

२०८० साउन देखी पुस महिनासम्म प्राथमिक स्वास्थ्य केन्द्र तथा समनपुर बर्थिङ सेन्टरमा सुत्केरी भएको १६० जना महिलाको भत्ता बापतको रकम खातामा आएको छ जसमा १४५ जनाले लागिसकेको तथा बितरण जारी रहेको प्रमुख यादवले जानकारी दिएका छन्।

रौतहटको १८ स्थानिय निकाय मध्ये अधिकांस स्थानमा रहेको सरकारी स्वास्थ्य संस्था, बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाको भत्ता समयमा उपलब्ध हुन नसकेको अवस्थामा समस्या समाधानका लागि नेपाल सरकार स्वास्थ मन्त्रालयका साथै नियमनकारी निकायको ध्यान जानु जरुरी रहेको छ।

Facebook Comments Box