आकाशमै ठोक्कियो विमान र हेलिकप्टर, १८ शव भेट्यो

अमेरिकास्थित वासिंगटनडिसीको आकाशमा उडिरहेको विमानमा हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएका मध्ये १८ जनाको शव फेला परेको छ ।
अमेरिकाको रिगन वासिंगटन नेश्नल एयरपोर्ट नजिक पोटोम्याक नदी माथिको आकाशमा दुर्घटना भएको हो । दुर्घटनामा परेको विमानमा ६० जना यात्री र चालक दलका चार जना सदस्य सवार थिए भने सैनिक हेलिकप्टरमा तीन जना सवार रहेको त्यहाँस्थित सञ्चार माध्यमले जनाएको छ ।
परिक्षण उडानमा रहेको हेलिकप्टर र अवतरण हुन लागेको विमान आपसमा ठोक्किएको थियो । दुर्घटनापछि विमान र हेलिकप्टर दुवै नदी र किनारमा खसेको जनाइएको छ ।
Facebook Comments Box