कुम्भ मेलामा भागदौड, दर्जन बढीको मृत्यु

जनकपुरधाम । भारतको उत्तरप्रदेशस्थित महाकुम्भ मेलामा मंगलबार राति भएको भागदौडमा ठूलो जनधन हाताहात भएको छ ।

बीबीसीको समाचार अनुसार घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । यद्यपि, कति जनाको मृत्यु र कति घाइते भएका छन् भन्ने विषयको आधिकारिक पुष्टी भइसकेको छैन ।

भागदौडपछि मेलामा पुगेका श्रद्धालुहरुमा भय र त्रास व्याप्त रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । मेलामा श्रद्धालुले प्रयोग गर्ने कम्बल, लुगाफाटो, चप्पलजुत्ता छरपस्ट छ ।

Facebook Comments Box
    ट्याग: