मन्त्रीको गाडी दुर्घटना, स्वास्थ्यमन्त्री सिंह घाइते

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटना भएको छ ।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरीका प्रवक्ता वरुण सिंहले जानकारी दिए । दुर्घटना सोमबार राति करिब साढे नौ बजे जनकपुरको रामानन्द चोकमा भएको हो ।
घाइते मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्पाइनल हड्डीमा चोट लागेको डिएसपी सिंहले न्यूजआजलाई जानकारी दिए ।
स्वास्थय मन्त्री चढेको मधेश प्रदेश ०२–००१ झ–०१६५ नम्बरको गाडी पर्सास्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३–००१ झ–००९६ नम्बरको अर्को सरकारी गाडीमै ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको हो ।
Facebook Comments Box