‘बाबाजीके बेल हाते–हाते गेल’

जनकपुरधाम । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले जनकपुरधामका अतिक्रमित सरकारी जग्गा फिर्ता तथा अन्य जग्गाको संरक्षणको मुद्दा उठाए । उनले काम गर्नकै लागि उक्त मुद्दा उठाएका थिए कि स्टन्ट थियो ? जनताले यकिन गर्न नपाउँदै उनी पदमुक्त हुनुपरेको थियो ।
यतिबेला अतिक्रमणको चपेटमा पर्न बाँकी रहेका जनकपुरका सरकारी जग्गाहरु पनि धमाधम ‘प्याक’ हुँदैछ । दूधमती नदी छेउमा गुठी स्वामित्वको उक्त जग्गा स्थानीय ‘पावरफुल’ समूहले बेचबिखन गरिरहेको बुझिएको छ ।
यद्यपि, नामदेव नामक कुनै महन्तको नाउँमा कागज बनाएर जग्गा वितरण भइरहेको नवघर निर्माणकर्ताहरुले जानकारी दिएका छन् ।
Facebook Comments Box