जनकपुरधाममा अटो आतंक

जनकपुरधाम । अटो रिक्सा सञ्चालन र व्यवस्थापनका लागि उपमहानगरपालिकाले आवश्यक नीति निर्माणमा चासो नदिँदा बजार क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्न पुगेको छ ।

शनिबार बिहान जनकपुरधामको राम चोकमा देखिएको माथिको दृश्य प्रतिनिधि तस्बिरमात्र हो । खासगरी पर्यटकहरु बास बसेको धर्मशाला तथा होटलहरुका अगाडी बिहानको समयमा भिड लगाउने अटो रिक्सा दिनभर बजार क्षेत्रको ट्राफिक अवस्थालाई बेहाल बनाइरहेको हुन्छ ।

अटो रिक्सा चलाउन चालक अनुमतिपत्र अनिवार्य गर्नुका साथै रुट निर्धारण र भाडा दर तय गर्ने विषयमा नगरको नीति बन्न आवश्यक छ । यसका लागि सम्बन्धित पक्षको तत्परता हुनुपर्ने जस्तो देखिएको छैन ।

Facebook Comments Box