मधेस प्रदेशका ४ जिल्लाका ४ सय ७२ सहकारी फरार, सम्पर्कमा आउन ३५ दिने सूचना (नामवली)

सांकेतिक पाेस्टर

काठमाडौं । मधेस प्रदेशका ४ जिल्लाका ४ सय ७२ सहकारी फरार रहेको पाइएको छ। 

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ सय ७२ सहकारी फरार रहेको र सम्पर्कमा आउन ३५ दिने सूचना जारी गरेको छ। 

त्यसो त यसअघि मधेसका ८ जिल्लामध्ये महोत्तरी, धनुषा, सिराहा र सप्तरीका गरी ३१० सहकारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो।

ती मध्ये ६० वटा मात्रै सहकारी आवश्यक कागजातसहित सम्पर्कमा आएका थिए। मन्त्रालयले ती सहकारीलाई पुनः १५ दिनको समय दिएर सम्पर्कमा आउन भनेको छ, साथै सम्पर्कमा नआएमा आवश्यक कारबाही गरिने समेत चेतावनी दिएको छ। 

अहिले मधेसका बारा, पर्सा, रौतहट र सर्लाही गरी ४ जिल्लाका ४ सय ७२ सहकारी सम्पर्कमा नआएका हुन्। 

उनीहरुलाई आवश्यक कागजातसहित ३५ दिनभित्र सम्पर्कमा आउन मन्त्रालयले आग्रह गरेको हो। 

Facebook Comments Box