प्रअ विरुद्ध विद्यार्थीको प्रदर्शन
जलेश्वर । महोत्तरीको जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माविका विद्यार्थीहरुको विरोध प्रदर्शनले आइतबार दिनभर तनावग्रस्त रहयो ।
उक्त माविका प्रधानाध्यापक संजीव झाले कक्षा ७ मा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रअ झालाई कानुन बमोजिम कडा कारबाही गर्नुपर्ने माग गर्दै विद्यालयका सम्पूर्ण विद्यार्थीहरु आइतबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडी टायर बालेर प्रदर्शन गरेका थिए ।
प्रशासनले गम्भिर प्रकृतिको आरोप लागेका प्रअ झाको विषयमा अनुसन्धान गरी कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
Facebook Comments Box